१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष तथा सांसद प्रभु साहले गरुडा नगरपालिका–५ का लक्ष्मीपुर, अमरपटी, शिवनगर र ठेठरहियाका सात सय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्। गरुडाको शिवनगरमा आयोजित ग्यास सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो वितरण कार्यक्रममा निर्वाचनताका आफूले सबै परिवारलाई धुवाँमुक्त बनाउँदै ग्यास सिलिन्डर वितरण गर्ने वाचा गरेअनुसार सो सिलिन्डर वितरण गरेका हुन्।

सांसद साहले यसअघि आफ्नो क्षेत्रका माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई निःशुल्क साइकल उपहार प्रदान गरिसकेका छन् भने उच्च माध्यमिक तहका छात्रालाई निःशुल्क ल्यापटप प्रदान गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छन्।

कार्यक्रममा उनले आफूले जनतासँग चुनावको बेला गरेका वाचा क्रमशः पूरा गर्दै गएको स्पष्ट पारे। सर्वसाधारणको स्वास्थ्यसित मात्र नभई समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने भएकाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालन गरेको उनले जानकारी दिए। चुनावअघि गरेका सबै वाचा पूरा गरिछाड्ने प्रतिबद्धता पनि सांसद साहले व्यक्त गरेका छन्। सांसद साहले यसअघि आफ्नो क्षेत्रका माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई निःशुल्क साइकल उपहार प्रदान गरिसकेका छन्। यसैगरी सांसद साहले उच्च माध्यमिक तहमा अध्ययनरत छात्रालाई निःशुल्क ल्यापटप प्रदान गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छन्।

कार्यक्रममा संघीय सांसद समिना हुसैन, प्रदेश सांसद कुन्दनप्रसाद कुशवाहा, पूर्वसांसद देवेन्द्र पटेललगायत वत्ताले जनतासित प्रत्यक्ष जोडिएका कार्यक्रमले जनता सिधै लाभान्वित हुने हुनाले जनप्रतिनिधिले यस प्रकारका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे। निःशुल्क ग्यास सिलिन्डर पाएपछि महिलाहरू खुशी भएका छन्। यस कार्यक्रमबाट धेरैजसो दलित तथा विपन्न परिवार लाभान्वित भएका छन्।

प्रकाशित: २७ चैत्र २०७५ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App