१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनियाँ राजदूतबाट हुरीपीडितलाई सहयोग

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन्।

राजदूत याङछीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट उक्त रकम हस्तान्तरण गरेकी हुन्। शनिबार प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट चासो ध्यान केन्द्रित गरेको बताएकी छन्।

उनले नेपाली जनताको दुःखमा दुःखप्रति चिनियाँ जनता पनि दुःखी भएको र चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट नेपाललाई सहयोग गरेको बताइन्। उनले चीनको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गरेकी छन्। उनले चिनियाँ जनता नेपाली जनताको साथमा रहेको र बिपत्तिपछि गरिने पुनर्निर्माणमा सहयोग गर्न पनि तयार भएको जनाएकी छन्।

उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको बताएकी छन्।

प्रकाशित: २५ चैत्र २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App