डोल्पा - डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो।
रुपगाड बाट सदरमुकाम दुनै तिर आउदै गरेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर पैसा साट्न सिटिजन्स बैँक गएको बेलामा जीप आफै २० मिटर पछाडि गुडेर सड्क भन्दा ३ मिटर तल तटबन्दमा बजारिएको थियो।
जीपमा सवार २ जनाले झयालबाट हाम फालेर ज्यान भएका छन्। सहचालक नराखि एक्लै चलाएको र जीपको इन्जन नै बन्द नगरि न्यूटलमा गाडी छोडर चालक बाहिर जानु कानुन विपरित भएकोले मानवीय क्षति नभएपनि चालकलाइ कानुन बमोजिम कारवाही हुने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए ।
प्रकाशित: २४ चैत्र २०७५ ०८:३७ आइतबार