१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै परिवारका चार जनामा ‘पाराप्लेजिक’

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कम्मरमुनिको अंग नचल्ने अवस्था (पाराप्लेजिक) ले थलिएका एकै परिवारका चारजनालाई आर्थिक सहयोग गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी–६ नेर्पाका वीरबहादुर गजमेर र आमा लक्ष्मीमाया गजमेरकी माइली छोरी ३० वर्षीय कोपिला, थाइली छोरी २२ वर्षीय अनिशा, ठूली कान्छी छोरी २० वर्षीय मनीषा र कान्छो छोरा १५ वर्षीय चेतराज गजमेरलाई नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको हो।

आर्थिक समस्याका कारण गजमेर दम्पतीले अनौठो रोगबाट पीडित छोराछोरीलाई उपचारमा लैजान नसकेको खबर सार्वजनिक भएपछि नगरपालिकाले बिहीबार घरैमा पुगेर आर्थिक सहयोग प्रदान गरेको छ। उनीहरूको उपचारका लागि सहयोग पु¥याउन नगरपालिकाका तर्फबाट मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले गजमेर दम्पतीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। एकै प्रकृतिको रोगका कारण एउटै परिवारका चार सन्तान अशक्त बनेको र उपचार गर्न नसकेका सहयोग गरिएको मेयर रिजालले बताए।

नगरपालिकाले कोपिला, अनिशा र ठूली कान्छी मनीषालाई अपांग परिचयपत्र प्रदान गरेको छ। कोपिलालाई पूर्ण अपांगताको तथा अनिशा र मनिषालाई ‘ख’ वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको हो। परिचयपत्र बनेसँगै कोपिलाले मासिक २ हजार तथा अनिशा र मनीषाले मासिक ६÷६ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ।

सुरुमा हिँड्ने क्रममा खुट्टा लर्खरिने, लाटिने, भनेको बेला खुट्टा नचल्ने जस्ता समस्या देखिने र क्रमशः कम्मरमुनिको पुरै अंग नचल्ने समस्या देखिएको बाबु वीरबहादुरले बताए। सुरुमा कोपिलाबाट सुरु भएको त्यस्तो समस्या अन्य सन्तानमा देखिन थालेको हो। बाल्यकाल सबलांग भएर बिताएका छोराछोरीमा पछिबाट क्रमशः समस्या देखिएर अपांगताको अवस्थामा पुगेको आमा लक्ष्मीमायाले बताईन्। शारीरिक समस्याका बाबजुद अनिशाले २०७२ सालमा एसईई उत्तीर्ण गरेकी छन्। समस्या बल्झिपछि मनीषाले पनि कक्षा १० पूरा गर्न नपाएको बताइन्। कान्छो चेतराज हालसम्म खुट्टा लर्खराउँदै कठिनताका साथ हिँडडुल गर्छन्। सोही समस्याले पीडित काइली छोरी उषाको २५ वर्षकमे उमेरमा २०७४ माघमा बितेपछि गजमेर दम्पती मनोवैज्ञानिक त्रासले पीडित छन्। नौ सन्तान भएका गजमेर दम्पतीका पाँच सन्तान भने सबलांग छन्।

प्रकाशित: २३ चैत्र २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App