१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ

सुनसरी - मंगलबार दिउँसो इटहरीबाट विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ मोतिपुर स्थायी घर भई इटहरी ५ तुलसा टोलमा बस्दै आएका सूर्य भनिने रमेश खड्का पक्राउ परेका हुन्। ४१ बर्से उनी इटहरी ४ बाट पक्राउ परेका प्रहरीले पुष्टि गरेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा खड्का पूर्वमाओवादी लडाकु हुन्। उनी सुनसरी जिल्ला सदस्य भए पनि मोरङ र धनकुटामा समेत उनले पार्टीको काम सक्रियतापूर्वक गर्दै आएको खुलेको छ। पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाउने तयारी भएको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर धरान प्रहरीको जिम्मा लगाउने बताए पनि केन्द्रीय प्रहरी कार्यालयबाट अनुमति लिन बाँकी रहेको जानकारी दिएको छ।

विप्लव नेतृत्वका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रममा आइतबार राति मात्र मोरङ्बाट कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र ब्यूरो सदस्य माधव गौतम पक्राउ परेका थिए । यी दुवै जनालाई मंगलबार प्रहरीले संगठति अपराध र हातहतियार तथा खरखजना मुद्धा म्याद थप गरेर अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको हो । 

गत फागुन दोस्रो साता विप्वलका कोसी ब्युरो सदस्य सन्देश भनिने देवकुमार लिम्बूलाई २ थान अत्याधुनिक हतियारसहित प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध पनि प्रहरीले संगठति अपराध र हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको छ। लिम्बूको  साथबाट त्यतिबेला प्रहरीलले एम १६ र एलएमजी एक एक थान बरामद गरेको थियो। 

 

प्रकाशित: १२ चैत्र २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App