१० आश्विन २०७७ शनिबार
समाज

६७ वर्षीय युगमाया नातिसँगै एसइई दिँदै

ओखलढुंगा – ओखलढुंगाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिँदै छिन्। युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा (नाति) सँगै उत्प्रेरणा महिला माधानगर काठमाडौंबाट नियमित विद्यार्थीका रूपमा एसइई परीक्षा दिँदै छिन्।

२०७५ सालको एसइई परीक्षामा सहभागी भएकी कार्की आफू सफल हुनेमा विश्वस्त छिन्। ‘मलाई विश्वास छ, म परीक्षामा सफल हुन्छु,’ उनले भनिन्। पोकलीमा २००८ सालमा जन्मिएकी युगमायाका सात छोरा तथा पाँच नाति–नातिनी छन्। उनका कान्छा छोरा वेदबहादुर कार्की लिखु गाउँपालिका–६ गाम्नाङटारका वडाध्यक्ष र दाजु गोविन्द पौडेल लिखु गाउँपालिकाका अध्यक्ष छन्।

सानै उमेरमा विवाह गरेर पढाइ छुटेपछि बुढेसकालमा नातिसँगै पढ्ने रहर पलाएको कार्कीले बताइन्। ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारले उनलाई खादा लगाएर एसइई परीक्षामा सफलताका लागि शुभकामना दिएका थिए।

प्रकाशित: १२ चैत्र २०७५ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App