coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा सरकारी गाडीमा आगजनी

पोखरा – शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन। 

बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी भएको हो। उक्त गाडी महानगरपालिकाको शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो। नेपाल विद्यार्थी संघको विरोधको कार्यक्रम रहेकै बेला सरकारी गाडीमा आगजनी भएको हो। प्रहरीले नेपाल विद्यार्थी संघले गाडी आगजनी गरेको आशंका गरेता पनि आगो कसले लगाएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएको छ। 

‘सेतो स्कुटरमा आएका यूवाहरुले गाडी जलाएको भन्ने सुनेका छौं। नेवि संघ माथी आशंका छ, कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–हामी खोजी गरिरहेका छौं। केही शंकास्पद ब्यक्ति माथी निगरानी बढाएका छौं।’

नेवि संघको केन्द्रिय परिपत्रअनुसार शनिबार सरकारी गाडी चल्न नदिने कार्यक्रम रहेको नेवि संघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमालले जानकारी दिए।

प्रकाशित: १९ माघ २०७५ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App