२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

बल्खु क्षेत्रमा यात्रुलाई दुःख दिने १७ जना पक्राउ

लामो समयदेखि काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन्। यस्तै, काभ्रेपलाञ्चोकका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: २५ असार २०८३ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App