१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बारामा सडक दुर्घटना : सशस्त्रका एसपीकाे मृत्यु, प्रजिअकाे अवस्था गम्भीर

बारा - बारामा भएकाे सवारी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलकाे मृत्यु भएकाे छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन्। उनीहरुसँगै गाडीमा सवार नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ र सशस्त्रका जवान संजय यादव र गाडीका चालक जगत प्रसाद राउत घाइते भएका छन्।

एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। प्रजिअ भट्टराई चढेकाे ना १ झ १६६३ नम्बरकाे गाडी हरिवनबाट कलैयातर्फ जाने क्रममा पूर्वपश्चिम राजमार्गमा रहेकाे पचाह खाेला नजिकै राेकिराखेकाे ट्याक्टरकाे ट्रलिसँग ठाेकिन पुगेकाे थियाे। दुर्घटनामा गम्भीर घाइते भएका प्रजिअ भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित: १२ माघ २०७५ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App