१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितुवाको छालासहित एक पक्राउ

नियन्त्रणमा लिइएकाे चितुवाकाे छाला। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। आइतबार वीरेन्द्रनगर–३ एरिचोकबाट चितुवाको दुई वटा छालासहित राष्टकोट नगरपालिका–४ स्यूना कालिकोटका २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वशन्त रजौरेले जानकारी दिए।

५ नम्वर प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले एरिचोकको भिजिट रारा कर्णाली होटलबाट दिउँसो साढे तीन बजेतिर चितुवाको छालासहित उपाध्यायलाई पक्राउ गरेको उनले जानकारी दिए। पक्राउ परेका उपाध्यायलाई छालासहित डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइने छ।

 

प्रकाशित: ६ माघ २०७५ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App