१६ चैत्र २०८० शुक्रबार
समाज

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी

रामेछापको दोरम्बास्थित कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल। तस्बिरः मञ्जु/नागरिक

रामेछाप - जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

दोरम्बा गाउँपालिका वडा नम्बर ६ स्थित कालिका माध्यमिक विद्यालय र वडा नम्बर ७ मा रहेको भीमेश्वर माध्यमिक विद्यालयका लागि सुविधासम्पन्न भवन बनाइएका हुन्। भूकम्पपछि नयाँ भवन पाएपछि उक्त विद्यालयका विद्यार्थी तथा अभिभावक खुसी भएका छन्। अब यस क्षेत्रका बालिबालिकालाई अध्ययन गर्न सहज हुने र शैक्षिक स्तर उकास्नसमेत टेवा पुग्ने कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु गौतमले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(शिक्षा)अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत खानी निर्माण सेवाले उक्त भवन निर्माण गरेको हो। दुवै विद्यालय भवन एयिसाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएका हुन्। भीमेश्वर माध्यमिक विद्यालयको भवन ६ करोड ५५ लाख ४१ हजार तथा कालिका माध्यमिक विद्यालयको भवन ८ करोड ४२ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको खानी निर्माण सेवाले जानकारी दिएको छ। शौचालय सुविधासहित भीमेश्वरका लागि दुईतले तीनवटा तथा कालिकाका लागि तीनतले दुईवटा भवन बनेका छन्।

रामेछापका दोरम्बा गाउँपालिका वडा नम्बर ६ स्थित कालिका र वडा नम्बर ७ मा रहेको भीमेश्वर माध्यमिक विद्यालयका लागि सुविधासम्पन्न भवन निर्माण भएका हुन्। भूकम्पपछि नयाँ भवन पाएपछि उक्त विद्यालयका विद्यार्थी एवं अभिभावक खुसी भएका छन्।

भूकम्पका कारण विद्यालय भवन भत्किएर पढाइ प्रभावित भइरहेका बेला आफूले पाएको जिम्मेवारीअनुरुप सबैको साथ सहयोगमा सहज रूपमा भवन निर्माण पूरा गरिएको खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले बताए। आफ्नो जिम्मामा रहेका अन्य भवन पनि अबको केही दिनभित्र सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए। जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख हेमन्तकुमार बुढाथोकीले जिल्लामा विद्यालय भवन पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताए।

एक्काइस विद्यालयमध्ये अहिलेसम्म ११ वटाका भवन निर्माण पूरा गरी हस्तान्तरण गरिएको उनले जानकारी दिए। अठारवटा विद्यालय भवनका लागि डिजाइन तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएको उनले बताए। जिल्लाका नमुना चार विद्यालयमध्ये एक कालिका माध्यमिक विद्यालयले नयाँ भवन पाएकाले अब पठनपाठन अझ स्तरीय हुने एकाइ प्रमुख बुढाथोकीले बताए छ।

प्रकाशित: ३ माघ २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App