४ वैशाख २०८१ मंगलबार
समाज

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

फाइल तस्बिर

बाजुरा - बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

चिसोको बेला छाउगोठमा आगो ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक(डीएसपी) उद्धवसिंह भाटले बताए। घटनाको अध्ययनका लागि डीएसपी भाट सहितको प्रहरी टोली घटना स्थलमा खटेकाे छ।

आमासहित दुबै सन्तान ४ दिनदेखि गोठमै सुत्ने गरेका थिए। रूढीवादी परम्पराका कारणा महिनावारी भएको पाँचदेखि सात दिनसम्म यहाँका अधिकांश महिलाहरु छाउगोठमै सुत्ने गरेका छन्। बुढीनन्दा नगरपालिका ९ का वडा अध्यक्ष खड्क बोहराले राति चिसो छल्न बालिएको आगो बलाङ्केटमा सल्किएर उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन्। मृतक बोहराका श्रीमान् वैदेशिक राेजगारीमा छन्।

प्रकाशित: २५ पुस २०७५ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App