१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

ताप्लेजुङ – आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ। सिरीजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकका उनलाई इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक बिनोद निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर ४ चाँगेबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख,प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ परेका ति युवकलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ। सिरीजङ्घा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिन बस्ने श्रीमतिको जाहेरीका आधारमा ति युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए।

उता १५ वर्षिय बालिकालाई जबरजस्ती करणी अभियोग लागेका फुङ्लिङ वडा नम्बर ९ हाङ्देवाका अमृत कालिकोटे पुर्पक्षका लागि कारागार चलान भएका छन्। जबरजस्ती करणी अभियोगमा प्रारम्भीक अनुसन्धान पछि अदालतमा पेश भएका २० वर्षिय कालिकोटेलाई पुर्पक्षमा राखी थप अनुसन्धान गर्न अदालतले दिएको आदेशपछि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योगका थप एक प्रतिवादीलाई पक्राउ गरी अदालतको आदेश बमोजिक पुपक्र्षका लागि कारागार चालन गरिएको समेत जनाएको छ। फुङ्लिङ नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षिय विकाश लिम्बू कारागार चलान भएका हुन्।

प्रहरी निरीक्षक भण्डारीक्षेत्रीका अनुसार विकासमाथि गएको मंसिर ५ गते फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का एक ३० वर्षिय पुरुषलाई डण्डीले प्रहार गरी घाइते बनाएर ज्यान मार्ने उद्योग कसुरको आरोप छ। अदालतले मागेको २ लाख ८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेका उनी कारागार चलान भएको समेत प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ६ पुस २०७५ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App