१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

‘सूचनाको हकको विषयमा अधिक जनता अनभिज्ञ’

खोटाङ – राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकको महत्वका विषयमा अझै पनि अधिक जनतालाई बुझाउन नसकिएको बताएका छन्। प्रदेश नम्बर १ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि मंगलबार खोटाङको दिक्तेलमा आयोजना गरिएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्त पोखरेलले अझै पनि ९५ प्रतिशत जनतालाई सूचनाको हकको महत्व र उपयोगीताका विषयमा जानकारी नभएको उल्लेख गरे।

‘सूचनाको हक मेरो अधिकार हो। मेरो आवयकताका सूचना माग्नुपर्छ। सार्वजनिक निकायबाट मेरो आवश्यकताका सूचना मागे मात्र लोकतन्त्र सुदृढ हुन्छ। सार्वजनिक निकाय सुशासित हुन्छ, जवाफदेही हुन्छन् भन्ने कुरा अधिक जनताको तहमा बुझाउन सकिएको छैन,’ आयुक्त पोखरेलले भने, ‘जनता आफैंले प्रयोग गरे भने मात्र यो सूचनाको हक कार्यान्वयन हुँदो रहेछ। यस कारण यसलाई जनताको घर–घरमा पुर्याउनु राज्यको दायित्व हो।

जनता जगाउन महाअभियान थाल्नु पर्छ।’जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा आयुक्त पोखरेलले सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउनका लागि सूचनाको हकले औजारको काम गर्ने बताए। सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा सार्वजनिक निकायका पदाधिकारी र कर्मचारी, जनता तथा दुईपक्षको माग र आपूर्तीको बाँडफाँडमा न्याय निरुपण गर्ने निकायकारुपमा राष्ट्रिय सूचना आयोगको त्रिपक्षीय भूमिका रहने उनको भनाई थियो।

‘सूचनाको हक सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउने विषयसँग सम्बन्धित छ। भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित छ। सुशासन कायम गर्ने विषयसँग सम्बन्धित छ। जनताको सशक्तीकरण र सवलीकरणसँग सम्बन्धित छ,’ आयुक्त पोखरेलले भने, ‘सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई सदाचारी, आचरणशिल, नैतिकवान र सही निर्णय गर्न अभिप्रेरित गर्ने टुल्सकारुपमा उपयोगी छ।’ उनले सूचनाको हक संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको मनभित्र पसाउने र सृढृढीकरण गर्ने साधनकारुपमा रहेको उल्लेख गरे।

प्रकाशित: १९ मंसिर २०७५ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App