१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। को१९प ४४७५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो।

गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।  (रासस)

प्रकाशित: १८ मंसिर २०७५ ०६:३९ मंगलबार

मोटरसाइकल_दुर्घटना उर्लाबारी–मधुमल्ला_सडक