१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुल बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु

लमजुङ – बेसीसहर नगरपालिका १ उदीपुरबजार नजिकै खोलामा स्कुल बसले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार बिहान उदीपुरस्थित गोल्डेन फ्यूचर बोर्डिङ स्कुलको बा ३ ख ७३९४ नम्बरको बसले ठक्कर दिँदा बेसीसहर नगरपालिका ४ पुरानोकोटका ५३ बर्षीय टकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बेसीसहर २ गैरी क्षेत्रबाट विद्यार्थी बोकेर उदीपुर गएको र गाडी फर्काउने क्रममा पछाडीको भागले बाटोमा हिँड्दै गरेका गुरुङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मृतक गुरुङको टाउको र शरिरमा चोट लागेको छ।

स्कुल बसका चालक सुन्दरबजार नगरपालिकाका रोहित कार्की र बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। गुरुङको शव पोष्टमार्टम्का लागी बेसीसहरस्थित जिल्ला सामुदायिक ल्याइएको जिल्ला ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरले बताए।

प्रकाशित: ३० कार्तिक २०७५ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App