८ वैशाख २०८१ शनिबार
समाज

किन रोकियो भिन्तुना -याली

ने.सं. ११३९ न्हूदँको दिने काठमाडौं बसन्तपुरमा देखिएको चहलपहल। तस्बिर : तेज/नागरिक

काठमाडौं - नेपाल संवत् न्हूदँ (नववर्ष) को उपलक्ष्यमा वर्षेनी हुँदै आइरहेको भिन्तुना सांस्कृतिक -याली ४० वर्षको इतिहासमा पहिलोपटक स्थगित भयो। सर्वप्रथम २०३६ सालमा भिन्तुना -याली सुरु हुँदा त्यसको नेतृत्व पद्मरत्न तुलाधरले गरेका थिए। उनको नेतृत्वमा सुरु भएको भिन्तुना सांस्कृतिक -याली अहिले नेवार समुदायबीच देशभर तथा विदेशमा पनि आफ्नो पहिचान झल्काउने शक्तिशाली माध्यमको रुपमा स्थापित छ।

हालै निधन भएका तुलाधरप्रति सम्मान प्रकट गर्न यस वर्षको सांस्कृतिक -याली स्थगित गरिएको थियो । न्हूदँ पर्वको पाँच दिन अघि कात्तिक १८ मा तुलाधरको निधन भएको हो।

बसन्तपुरमा हुने भिन्तुना -यालीको आयोजना गर्दै आइरहेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले वक्तव्यमार्फत नेपाल संवत् आन्दोलनका प्रणेता तथा आदिवासी जनजाति र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएकाले शोक स्वरुप नेपाल संवत् ११३९ नयाँ वर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको थियो।

न्हूदँ समारोह समितिले मुख्य कार्यक्रम स्थगित गरेपछि स्वतःस्फूर्त रुपमा उपत्यकाका अन्य स्थानमा पनि नेपाल संवत्को उपलक्ष्यमा आयोजना हुने -याली तथा सभा स्थगनमा परे।

समारोह समितिका सदस्य सुजीव वज्राचार्यले पाटन, तोखामा हुने सांस्कृतिक -याली पनि स्थगित गरिएको, साँखुमा सामान्य रुपमा मात्र भेला भई भिन्तुना मनाइएको तथा ठिमीमा शंखधर साख्वाको मूर्तिमा माल्यार्पण मात्र गरिएको बताए।

तत्कालीन पञ्चायती व्यवस्थामा सामान्य भेला -याली गर्न पनि वञ्चित गरिएको अवस्थामा नेपालभाषा मंकाः खलःको आह्वानमा पद्मरत्न तुलाधरकै नेतृत्वमा २०३६ सालमा पहिलो पटक भिन्तुना -याली निकालिएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध काठमाडौंका जनतालाई सडकमा उतार्न मंकाः खलःको भिन्तुना -याली सहायक सिद्ध भएको थियो।

देशका सम्पूर्ण भाषालाई समान अधिकार दिइनु पर्छ भन्ने मूल लक्ष्य सार्थक बनाउन पञ्चायती व्यवस्थाको अन्त्य हुनुपर्ने निष्कर्ष खलःले निकालेको थियो । खलःका तत्कालिन उपाध्यक्ष तथा नेपालभाषा आन्दोलनका अभियन्ता मल्ल के. सुन्दरले भने, ‘पञ्चायती व्यवस्थाविरुद्ध काठमाडौंका नेवारहरूलाई सडकमा उतार्नु पर्ने थियो । उनीहरुलाई कसरी सडकमा ल्याउने भन्ने बारे मंकाः खलःमा धेरै छलफल भयो । काठमाडौंका नेवारहरू सबैजसो सांस्कृतिक रुपमा आवद्ध छन् । त्यसैले सांस्कृतिक रुपमा नै सडकमा ल्याउने बारे मंकाः खलः भित्र सामूहिक निर्णय भयो । त्यसपछि नेपाल संवत् ११०० (वि.सं. २०३६ साल) मा पहिलो पटक मंकाः खलःको आह्वानमा खलःका अध्यक्ष पद्मरत्न तुलाधरको नेतृत्वमा भिन्तुना -याली निकालियो।’

पञ्चायती व्यवस्थाका कारण पहिलोपल्ट भिन्तुना -याली निकाल्दा नेवारहरूको सहभागिता त्यति धेरै हुन्छ भन्ने आह्वानकर्ताहरूले पनि सोचेको थिएनन् । काठमाडौंको श्रीघःबाट सुरु भएको पहिलो -यालीमै काठमाडौंका रैथानेहरूको अभूतपूर्व सहभागिता रह्यो । प्रहरी प्रशासनले पनि केही गर्न सकेन । -यालीपछि थँहितिमा आमसभा भयो । दोस्रो वर्ष वर्ष बसन्तपुरबाट -याली आयोजना गरियो।

‘तेस्रो वर्ष पञ्चायत सरकारले -यालीमा हस्तक्षेप ग-यो । बसन्तपुरमा -याली गर्न दिइएन,’ मल्लले सम्झे, ‘तर हामी रोकिएनौं, फेरि श्रीघलबाटै -याली निकाल्यौं।’

भिन्तुना आन्दोलनमा सुरुदेखि निरन्तर सहभागी रहेका मल्लका अनुसार भिन्तुना आन्दोलनले नै काठमाडौंका रैथानेहरूलाई पञ्चायतविरुद्ध लड्न मानसिक रुपमा तयार पारे तथा भाषिक आन्दोलनलाई गति दिएको थियो।

सो आन्दोलन भाषा अधिकारको लागि त थियो नै, त्यसको लागि पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना हुनुपर्ने आश्वासन राजनीतिक दलहरूले दिने गरेका थिए । त्यसैको लागि तुलाधर पञ्चायतविरुद्धको आन्दोलनमा पनि विभिन्न कोणबाट सहभागी भए । त्यसै मध्येको एउटा कोण थियो, नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने भिन्तुना सांस्कृतिक -याली।

देशमा पञ्चायती व्यवस्थाको अन्त्यपश्चात नयाँ वर्षको यो भिन्तुना -यालीले एउटा जागरण उत्सवको रूप लिन पुगेको छ । पछिल्ला वर्षमा यो उत्सव अझ फैलँदो छ । यसपटक उत्सवको मुखैमा तुलाधरको निधन भएकाले शोकमा डुबेको समारोह समितिले शोकस्वरुप उत्सवमय -याली स्थगनको निर्णय गरेको हो।

‘आफ्नो नेताको निधन भएको १३ दिने शोक पनि फुकेको छैन । कसरी बसन्तपुर गएर उत्सव मनाउनु ?’ -याली स्थगन बारे समारोह समितिका अर्का सदस्य सुरेश किरण भन्छन् । ‘तुलाधरको निधनले हामी सबै सामूहिक जुठो भयौं, जुठो परेको बेला उत्सव नगर्ने हाम्रो परम्परा छ । अहिले भएको त्यति मात्रै हो । जुठो फुके पछि उत्सव मनाउने छँदैछ।’

बसन्तपुरबाट हुने भिन्तुना सांस्कृतिक -याली स्थगित भए पनि भाषिक आन्दोलनका नेतृत्वकर्ता तुलाधरको सम्झनामा ह्याउँनिभाः पुचः र सेभ काठमाडौं भ्यालीको आह्वानमा मौन जुलुस भने निकालिएको थियो । त्यस्तै न्हूदँको अवसरमा बसन्तपुरमा हुने नेपालभाषाका पुस्तक तथा अन्य सामानको बजारमा भने चहलपहल देखिएको थियो।

तुलाधरलाई -याली बन्द गरेर होइन निकालेर सम्झनु पर्छ भन्ने मान्यताले बसन्तपुरमा त्यो भेला भएको थियो । औपचारिक कार्यक्रम नभए पनि स्वतःस्फूर्त रुपमा भएको त्यो भेलाले नयाँ वर्षका दिन बसन्तपुरमा चहल पहल भने गरेको थियो।

शंखधर दिवसमा -याली
राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा दिवसको अवसरमा मंसिर २ गते (ने.सं. ११३९ कछलाथ्व दशमी) आइतबार सांस्कृतिक -याली हुने भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ को बैठकबाट शंखधर दिवसको अवसरमा सांस्कृतिक -याली गर्ने निर्णय गरेको हो।

२०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमीको दिनलाई शंखधर दिवसका रुपमा मनाइन्छ।

समितिले भिन्तुना -यालीको प्रणेता तथा नेपालभाषा आन्दोलन, मानव अधिकार आन्दोलनका नेता तुलाधरको निधनपछि नेपाल संवत् न्हूदँको अवसरमा निकालिने भिन्तुना -याली भने स्थगित गरेको थियो । तुलाधरको निधनको तेह्रौं दिनको तिथिपछि मात्र सांस्कृतिक कार्यक्रम गर्ने सहमति अनुसार शंखधर दिवसको अवसरमा सांस्कृतिक -यालि निकालिने समिति सदस्य सुजीव वज्राचार्यले बताए।

शंखधर दिवसको दिन बिहान ७ बजे काठमाडौं बसन्तपुरबाट सांस्कृतिक -याली सुरु गरी प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, असन, बालकुमारी, जनबहाल, इन्द्रचोक, मरु, चिकंमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, वन्दे, ह्युमत, कोहिटी, भिमसेनस्थान, परोपकारहुँदै नगर परिक्रमापछि चागलको लखतीर्थमा शंखधरको तस्बिरमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समितिले नेपाल संवत् ११३९ न्हूदँ (नववर्ष) को उपलक्ष्यमा मंसिर ८ गते काठमाडौंको थँहितिमा सांस्कृतिक कार्यक्रम तथा पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App