coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरहरा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं - धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा. चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, नेपाल टेलिकमका निमित्त प्रबन्धक निर्देशक सूर्यभक्त पोखरेल, नेपाल विद्युत प्राधिकरणका थिरकुमार खत्री, केयुकेएलका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृतका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, गोश्वारा हुलुकका कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआईईटिसीका प्रतिनिधि रमन महतो लगाएतकाे सहभागिता रहेकाे छ। अघिल्लो सातादेखि धरहरा पुनर्निर्माणको काम भइरहेको छ।  

प्रकाशित: १८ कार्तिक २०७५ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App