१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हत्या आरोपी ५ जना पुर्पक्षका लागि थुनामा

बुटवल- एक महिना अघि शकास्पद मृत्यु भएकी लुम्बिनीकी तारा बरइको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परिवारका ५ जनालाइ जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

बुहारी हत्याको अभियोगमा प्रहरी हिरासतमा रहेका ताराका ससुरा बरसाती बरइ,सासु अनारमती बरइ,जेठाजु जोगिन्दर बरइ जेठानी सारदा बरइ र देवर लाला बरइलाइ पुर्पक्षका लागि जिल्ला कारागर भैरहवा पठाइएको छ।

 जिल्ला अदालत रुपन्देहीको ४ नम्बर इजलासका न्यायाधीश दयाराम ढकालले मंगलबार सो मुद्दाको सुनुवाइ गर्दै ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन। पीडीतका पक्षबाट बहस गरेका सहायक जिल्ला न्ययाधिवक्ता खिमानन्द गौतमले थुनछेकको बहस सकेर आरोपीलाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिइएको बताए। मृत्तक ताराका मामा बाबुराम बरइले अदालतको पछिल्लो आदेशले न्यायको आशा पलाएको बताए। प्रहरीले सुरुमा घटनाको निष्पक्ष छानबिन नगर्दा अपराधी उम्कने डर भएपनि अदालतको फैसला पछि  न्याय पाउनेमा विश्वस्त भएको बताए।

२३ बर्षकी ताराका श्रीमान रोजगारीकालागि  विदेश गएका थिए। साढे दुइ बर्षका छोरा र तीन महिनाकी छोरी सहित परिवारसंग बस्दै आएकी उनी गत असोज १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका ४ महुबारी स्थित आफनै घरको कोठामा मृत्त भेटीएकी थिइन्।

 शरीर आगोले डडेको अवस्थामा कोठामा उनको शव थियो। घटना दिनको समयमा भएको थियो। साढे दुइ बर्षे छोरा र तीन महिनाकी दुधे बालक र बुहारी घरमा एक्लै भएको बेला घटना घटेको परिवारको दावी छ। तर ताराकी आमा राजमती बरईले परिवारले मिलेर छोरीलाइ मारेको र आत्महत्या देखाउन शरीरमा आगो लगाइ दिएको दावी गरेकी छन्।

 

प्रकाशित: १५ कार्तिक २०७५ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App