१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नृत्य सिक्न गएकी बालिका बलात्कृत

इटहरी - नृत्य सिकाउने गुरुबाटै एक बालिका बलात्कृत भएकी छन्। गत बुधबार साँझ इटहरी वडा नं. १० की एक बालिकालार्इ साेही स्थानका २१ वर्षीय नविन विकले बलात्कार गरेका हुन्। नृत्य सिक्ने क्रममा विकले बालिकालार्इ केहि काम छ भनी नजिकै रहेकाे दुर्गा मन्दिर छेउमा लगि बलात्कार गरेका हुन्। बालिकाकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएकाे थियाे।

विकलाई प्रहरीले जर्वरजस्ती करणीमा मुद्दा दर्ता गरिसकेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले घटना लगत्तै सूचना पाएकाले सम्पूर्ण प्रमाण फेला पारी मुद्दा चलाएको बताए।

सुनसरीमा एकपछि अर्को जबरजस्ती करणीका घटना बढेकाे बढ्यै छन्। चालु आर्थिक वर्ष साउनयता सुनसरीमा १८ वटा जबरजस्ती करणीका घटना भएका छन्। यो अवधिमा पाँचवटा जबरजस्ती उद्योगका घटना भएका छन्। जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ को अवधिमा जबरजस्ती करणी र उद्योगका १०१ मुद्दा दर्ता भएका थिए।

 

प्रकाशित: ९ कार्तिक २०७५ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App