१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी जवानद्धारा महिला प्रहरीमाथी बलात्कारको प्रयास

कपिलवस्तु- आफ्नै महिला सहकर्मीलाई जरबजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्। गत असोज २० गते राति १० : १५ बजे तिर  भएको यो घटनालाई प्रहरीले भने लुकाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान भरत बलीले महिला प्रहरीलाई बलत्कारको प्रयास गरेका थिए।

प्रहरी कार्याल नजिकै रहेको वसपार्क एरियामा डेरामा बस्दै आएकी ३१ बर्षे महिला प्रहरी जवाना लाई बलीले बलत्कारको प्रयास गरको प्रहरी कार्यालय श्रोतले जनाएको छ। डियुटी सकिएर आफ्नो घरको नलमा पानी चलाएर कोठामा जानेक्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबरजस्ती कोठामा लान खोजको थिए।

महिला प्रहरीले प्रतिकार गरे पछि वली त्यहाँबाट फारार भएका थिए। घटनाबारे उनले तत्कालै आफ्नो श्रीमानलाई फोन मार्फत जानकारी गराएकी थिईन्। गत असोज २१ गते ती महिला र उनको श्रीमानले जिल्ला प्रहरी कार्यालयमा गएर बली बिरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी लगत्तै वलीलाई तत्कालै पक्राउ गरी जबरजस्ती कराणीको उद्योगको मुद्दा चलाईएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। पीडित महिला र पीडक वलीको तौलिहवा अस्पतालमा मेडीकल परीक्षण समेत गराईएको थियो। गत असोज २२ गते वली बिरुद्ध जवर्जस्ती उद्योको मुद्दा दर्ता गरी अदालतबाट ७ दिको म्याद समेत लिाईएको प्रहरी नायब उपरीक्षक रावलले बताए।

पीडीतको गोपनियताको लागि घटनालाई सार्वजनिक नगरेको रावलले बताए। गत असोज २२ गते सरकारी वकिल कार्यालयमा पेश गरेको घटनाको प्रारम्भिक प्रतिवेदनमा समते प्रहरीले घटनाको पुरा विवरण पेश गरेको छैन। जिल्ला अदालतका अनुसार महिला प्रहरी माथी जवर्जस्ती उद्योगको मुद्दामा वलीको ७ दिनको म्याद थपिएको छ। उनी ८ महिना अघि जिल्ला प्रहरी कार्यालयमा आएका थिए। उनले प्रहरी कार्यालय भित्र क्यान्टीन चलाएउने गरेका थिए। वलीलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाईएको प्रहरी नायब उपरीक्षक रावलले बताए।

प्रकाशित: २८ आश्विन २०७५ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App