१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

झापा – झापामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। दसैंको अवसरमा नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माको अगुवाइमा शिविर सञ्चालन गरिएको हो।

झापाको क्षेत्र नं. १ बुद्धशान्ति गाउँपालिका–४ मा आयोजना गरिएको शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरिरहेका छन्। ९० वर्षे उजिरमान दाहालको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको छ।

शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोगका साथै महिलाको पाठेघर सम्बन्धि जाँच गरिने प्रवक्ता शर्माले बताए। शिविरमा १२ लाख बरावरको औषधी निशुल्क वितरण गरिने छ। कार्यक्रमको संयोजन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य खड्ग पङ्धाक सुब्बाले गरेका हुन।

प्रकाशित: २७ आश्विन २०७५ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App