२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

स्याङ्जामा प्रहरी जवानले आफैंलाई गोली हाने

स्याङजा– स्याङ्जा जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। शनिबार बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका हुन्।

उनले आत्महत्या के कारणले गरेको भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रवक्ता प्रकाश विष्टले बताए। 

मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घट्नाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र पोष्टमार्टम गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ७ आश्विन २०७५ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App