२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै महिला संघ जाजरकोटका नेत्रीहरू।    तस्बिरः जनक/नागरिक

जाजरकोट – दुई महिनाअघि कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाइ कारबाहीको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरूले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन्।

घटना भएको दुई महिनासम्म पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै सरकार विरुद्ध चर्काे प्रदर्शन गरेका हुन्। सरकार र गृहमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै जाजरकोटका महिलाहरूले देशमा सरकार र कानुन भएको अनुभुति गर्न नसकिएको भन्दै तीव्र आक्रोस व्यक्त गरे। जिल्ला सदरमुकाम खलंगामा  विरोध जुलुस गर्दै उनीहरूले सरकार विरुद्ध चर्का नारा लगाएका थिए।

स्थानीय गैरीखालीबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेको थियो।  प्ले कार्ड, झन्डा र सरकार विरुद्ध चर्का नारा लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका उनीहरूले ज्ञापनपत्र समेत बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उनीहरूले कन्चनपुरकी बालिका निर्मला पन्त लगायत देशका विभिन्न स्थानहरूमा बलात्कृत भएर हत्या गरिएकी बालिका र महिलाहरू एवं अन्य पीडामा परेका बालिका र महिलाहरूलाई उचित न्याय दिन आग्रह गरेका छन्।

आफूहरूले देशको शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था, बलत्कारीलाइ कारबाही र  बालिका र महिलाको अस्मीता रक्षा गर्न नसक्ने सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको नेपाल महिला संघकी सचिव सरीता सिंहले बताइन्। उनले  देशमा सरकार भएको कानुन भएको अनुभूति गर्न नसकिएको भन्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन्।  

यस्तै निर्मला पन्तको बलात्कार पछि हत्या र तरुण दल नगर सभापति रोहित पुनको हत्याको बिरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका अपराध नियन्त्रण गर्न माग गर्दै उनीहरूले विराध प्रदर्शन गरेका हुन्। 

प्रकाशित: ७ आश्विन २०७५ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App