१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध सहित १० पक्राउ

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर र नियन्त्रित लागूऔषध सहित प्रहरीले १० जना पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१५ चाँगल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–९ चपुरका २३ वर्षीया सुनिता चौधरी, काठमाडौं माछापोखरी बस्ने उदयपुर चौदण्डी नगरपालिका–४ की ३५ वर्षीया मनिषा सहित ४ जनालाई नियन्त्रित लागूऔषध डाइजेल्याब २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र नुर्फिन २ सय एमपुल तथा नगद २५ हजार रुपैयाँ सहित प्रहरीले बल्खुबाट पक्राउ गरेको हो।

यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ खरीबोट बस्ने ओखलढुंगाका २१ वर्षीय बिजय सुबेदी, बौद्ध चुच्चेपाटी बस्ने  दोलखा सोलुङका २४ वर्षीय पवन तामाङलाई नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एमपुल, नुर्फिन २५ एम्पुल, नगद ३ हजार रुपैयाँ, ल्यापटप १ थान र मोवाइल ७ थान सहित बुढानिलकण्ठ नगरपालिका–११ खरीबोटबाट प्रहरीले पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–१७ छेत्रपाटीबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका ३५ वर्षीय आयुक्तमान लामा, कास्की पोखरा घर भएका २१ वर्षीय विकाश शर्मा र बाग्लुङ कुश्मीशेरा घर भएकी २१ वर्षीया पुजा खत्रीलाई लागूऔषध खैरो हिरोइन ३ ग्राम, फेनारगन ६१ एम्पुल, डाइजोल्याप ६१ एम्पुल, लुप्रिजेसिक ६१ एम्पुल, नगद ३२ हजार रुपैयाँ, देवेन्द्र बुढाथोकीको नामको राहदानी र बा १२ च ४८९९ नम्वरको कार सहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

यसैगरी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने मोरङ पथरीका ३१ वर्षीय नगेन्द्रकुमार श्रेष्ठलाई अवैध लागूऔषध ब्राउन सुगर ५ वटा पोकामा रहेको ८ ग्राम र नगद ४ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका–६ वौद्धबाट  प्रहरीले पक्राउ गरेको हो।

               

प्रकाशित: ६ आश्विन २०७५ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App