१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

असहाय युवालाई कुट्ने प्रहरीलाई कारबाही हुने

काठमाडौ–गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ। 

सोमबार बिहान गोंगबुस्थित बिजीमल शिवमन्दीर नजिक एक युवालाई निर्धात कुटपीट गरिएको थियो। सडक जीवन बिताउने ती युवालाई स्थानीय पसलेले पनि कुटपीट गरेका थिए। पसल क्षेत्रमा बसेको भन्दै ती पसलेले युवा माथि पानी खन्याउने, कुट्ने गर्दै आएका थिए। तर मानसिक अस्वस्थताको आशंका गरिएका ती युवकले पसलेलाई अपशब्द प्रयोग गर्ने, फोहोर गर्ने गरेको भनाई पसलेहरुको छ। 

ती युवाको आवश्यक व्यवस्थापन गर्नुप स्थानीय प्रहरी प्रभागका प्रहरीले पसलेसमेतको सहयोगमा लाठी र बुट प्रहार गर्दै निर्मम कुटपीट गरेका थिए।

घटनाको भिडियो नागरिकन्युजडटकमले सार्वजनिक गरेको थियो। प्रहरी प्रधान कार्यालयले उक्त भिडियो आफ्नो संज्ञानमा आएको भन्दै उक्त भिडियोको छानविन गरी संलग्न प्रहरी कर्मचारी माथि कानुनी कारबाही सुरु गरिएको जनाएको छ। 

प्रकाशित: ५ आश्विन २०७५ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App