अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन्।
प्रहरी प्रभागकपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाईशुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६शिवगंज बस्ने २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१०मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्सा, पोखरिया नगरपालिका-५सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ भाद्र २०८३ १९:४० शनिबार





