७ वैशाख २०८१ शुक्रबार
समाज

लाप्राक पुनर्निर्माण छिटाे सक्न एनअारएनएलार्इ अाग्रह

काठमाडौं–राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीलेगोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको काम तत्काल सम्पन्न गर्न  अग्रह गरेका छन्। आज गैरआवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय पदाधिकारीहरुसँग छलफलमा उनले यस्तो आग्रह गरेका हुन्। 

लाप्राकको एकीकृत बस्ती छिटो सम्पन्न हुन सके अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने उनको भनाइ थियो। बाँकी काम निश्चित समयसीमा निर्धारण गरी सम्पन्न गर्न र स्थानीयको आय आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए। 

ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि तयार रहेको पनि बताएका थिए।

कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राकपुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न एनआरएनए नेतृत्व कटिबद्ध रहेको बताएका थिए। भट्टले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टेसहितका पर्यटन प्रबद्र्धन, कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको बताएका थिए। लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५७३ घरहरु बनाइरहेको छ । 

 

प्रकाशित: १९ भाद्र २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App