१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

घुस लिएकाे अभियाेगमा मुद्दा दायर

काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भारतबाट व्यापारिक प्रयोजनका लागि आयात भएको मालवस्तुको चाँज प्रक्रियामा सहजीकरण गरिदिने भन्दै रु १० हजार घुस लिएको अभियोग उनलार्इ लागेको छ। नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले केही दिन पहिले घुस लिँदालिँदै पक्राउ गरेको थियो।

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै राष्ट्रिय वाणिज्य बैँक इनरुवामा कार्यरत वरिष्ठ सहायक मणिप्रसाद निरौला, गुल्मीको त्रिभुवन माविका कार्यरत शिक्षिका भगवती निरौला विरुद्ध पनि आयोगले आइतबारनै विशेष अदालतमा मुद्दा दायर गरेको छ। रासस

प्रकाशित: १७ भाद्र २०७५ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App