२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रेमिकालाई धोका दिने प्रेमी पक्राउ गर्न फायर !

काठमाडौ- सामान्य मानिसलाई पक्राउ गर्न प्रहरीले काठमाडौं महानगरपालिका सिटिसी मलको गेट नजिक गोली चलाएको छ। विहान १२ बजेको समयमा महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले सामान्य नागरिक किसान राईलाई पक्राउ गर्न भन्दै गोली चलाएको हो। प्रहरी स्रोतका अनुसार उनकी एक केटी साथीले प्रहरीमा आफूलाई धोका दिएको उजुरी दिएका आधारमा उनलाई पक्राउ गर्न गोली चलाएको हो।

सिटिसी मलका सुरक्षा गार्ड प्रमुख लंकाबहादुर तामाङले मलको ३ नं गेट नजिक गोली चलेको  बताए। उनका अनुसार विहान १२ बजेको समयमा एक व्यक्तिलाई खेदाउँदै हिडेका सादा पोशाकका प्रहरीले गोली हानेका थिए। संयोगले सो गोली राइलाई लागेको थिएन। राई भने फरार रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी वसन्त लामाले भने गोली नचलाएको दावी गरेका छन्। ‘सिभिलको टोलीले किसान राईलाई पक्राउ गर्न सवा १२ बजेतिर मलमा पुगेको थियो त्यतिकैमा सिभिलका केटाले बोकेको हेलमेट र हतियार भूइँमा खस्यो, आवाज आयो। प्रहरीको हातबाट पेस्तोल खस्दा गोली चल्यो भन्ने अड्कलबाजी भएको मात्र हो गोली चलेको होइन,’ परिसर प्रमुख लामाले भने।

प्रकाशित: १७ भाद्र २०७५ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App