१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

‘हरियो’ मैस्याङटार (फोटो फिचर)

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको पर्यटकीयस्थल मैस्याङटार। हरिया चौंर, आसपासमा सल्ला, गुराँस, उत्तिस लगायतको जंगलले घेरिएको मैस्याङटार भ्रमण र पिकनिकका लागि उपयुक्तस्थल हो।

उत्तरका हिमालदेखि दक्षिणमा तराईका फाँट दृश्यावलोकन गर्न सकिने मैस्याङटारमा मलायो पोखरी, रमणीय चौंर, हरिया थुम, जडिबुटी दृश्यावलोकनका लागि समेत चर्चित छ।

‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको स्थानीय बताउँछन्। गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि मैस्याङटारलाई पहिलो प्राथमिकतामा राखेको छ।

तस्बिर सबै दमन राई/नागरिक 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App