१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु

चितवन– नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोलामा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलामा बुधबार दिउँसो सवा ३ बजे एकापसमा ठोकिएका हुन्। 

 घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते एकजनाको अवस्था गम्भीर छ। रासस

प्रकाशित: ६ भाद्र २०७५ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App