३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पक्षाघात समूहलाई सहयोग प्रदान

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई पूर्वप्रहरी परिवार मञ्च बेलायतले २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।

मेरुदण्ड पक्षघात भएका विद्यार्थीका वृद्धि विकासका लागि मञ्चले सो सहयोग गरेको हो । मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति, सिकाइ र आवास सञ्चालनको लागि प्राप्त उक्त आर्थिक सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल र सोही मञ्चका सल्लाहकार पूर्वप्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले सो समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गरे।

मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको हित एवं उनीहरुको भविष्य उज्वल बनाउन आउँदा दिनमा नेपाल प्रहरी श्रीमती संघसँग नेपाल पूर्व प्रहरी परिवार मञ्चले समन्वय गर्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।

सो अवसरमा मेरुदण्ड पक्षघात समूह नेपालका उपाघ्यक्ष बाबुराम मिश्र, कोषाध्यक्ष गायत्री दाहाल, नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेत, गोकर्णेश्वर नगरपालिका ८ का वडा अध्यक्ष मनिज ढुंगाना, गोकर्णेश्वर नगरपालिका ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ र मानवअधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले समेत आर्थिक सहयोग गर्ने पूर्वप्रहरी मञ्चलाई धन्यवाद दिएका थिए।

२०७२ सालमा स्थापित सो समूहले स्थापनादेखि मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको अधिकार सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ र हाल समूहमा ११ जना मेरुदण्ड पक्षघात भएका विद्यार्थी रहेका छन्।

प्रकाशित: ६ भाद्र २०७५ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App