२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

झापामा बलात्कारका घटनामा वृद्धि

दमक – झापाको अर्जुनधारा २ की चार वर्षीय बालिकामाथि जबरजस्तीको प्रयास भयो। १५ वर्षीय बिजय गजमेरले घरमा कोही नभएको मौका छोपी ती बालिकामाथि बलात्कारको प्रयास गरे। साउन १६ गते हजुरआमा खेतमा धान रोप्न गएको मौका छोपी युकेजीमा अध्ययनरत बालिकामाथि घटना भयो।

बच्चाले दिशा पिसाब नै गर्न नसकेपछी के भएको भनेर सोधी खोजी गर्दा आफन्त नातामा पर्ने मान्छेबाट नराम्रो घटना भयो, पीडितकी आमाले रुदै भनिन्। घटना ढाकछोप गर्नका लागि अनेकौ प्रयास भए। बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएन, अनी परिवारले दबाब झेलेरै बिर्तामोडको मनमोहन अस्पतालमा भर्ना गरे। अनी घटना बाहिर आयो। तर पीडित परिवारले पारिवारिक दबाब भने ठुलै खेप्नु पर्यो।

पीडित बालिकाकी आमाले नजिकै नाता पर्ने आफन्तबाट बारम्बार दबाब खेपेरै प्रहरीमा उजुरी गरिन्। बारम्बार बिजयलाई मेरो छोरीका कारणले बेपत्ता बनाएको भनेर आरोप दिइराखे, अहिलेसम्म पनि उसलाई लुकाएर राखेका छन्, पीडितकी आमाले भनिन्, अनी शिलिगुडी लगेर उपचार गराउन पनि बारम्बार दबाब दिए। तर मैले प्रहरीमा गएर कारबाही गराउने भनेर ल्याए।

अहिले अब पीडक १५ वर्ष भन्दा कम उमेरको भनेर फेरी पीडक पक्षकले मिल्न दबाब दिएको उनले गुमासो गरिन्। घटना घटाउने अभियुक्त १५ वर्ष भन्दा कम उमेरको भएकाले अब कानुन नलाग्ने भनेर भनिरहेका छन्, पीडितकी आमाले भनिन्, अब न्याय माग्न चाहीँ म कहाँ जानु ? 

शुक्रबार दिउँसो सोही नगरपालिकाका ७० वर्षीय वृद्धले १३ वर्षीया बालिकालाई बलात्कार गरे। सानी आमाको घरमा बस्दै आएकी ती बालिकालाई घरमा कोही नभएको मौकामा ती बृद्धले जबरजस्ती गरे। घरमा कोही नभएको बेला ७० वर्षीय मानबहादुर बानियाँले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए। ती बालिकालाई छिमेकी वृद्ध बानियाले घरमा कोही नभएको मौका छोपी गोठमा लगेर बलात्कार गरेको जनाइएको छ।

बलात्कारपछि कमजोर भएकी बालिकाले शुक्रबार साँझ घटनाबारे सानीआमालाई बताएपछि घटना सार्वजनिक भएको हो। बालिका बलात्कृत गर्ने वृद्ध बानियाँ स्थानीयको सहयोगमा शुक्रबार राति नै पक्राउ परे। उनलाई आफन्तको घर सालबारीबाट पक्राउ गरिएको थियो। प्रहरीले बानियाँलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको छ। त्यसअघि अर्जुनधारा २  झेलेनीमा १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र बस्नेतले आपराधिक मनोवृत्ति बढ्दै गएको उल्लेख गरे। मानसिक समस्या, आपराधिक स्वभावले मानिसले जघन्य अपराध गरिरहेको छ, उनले भने, ‘बलात्कारका घटना रोक्न सचेतनाले समेत केही सहयोग पुग्ने देखिन्छ।’ 

मानवअधिकारवादी विष्णु खरेलले दह्रो कानुनी व्यवस्था नभएसम्म आपराधिक घटनामा कमी नआउने उल्लेख गरे। अहिले बलात्कारका घटना बढेका छन्, खरेलले भने, त्यसलाई रोकथाम गर्नका लागि कानुनी संयन्त्रको प्रभावकारी परिचालन गरिनुपर्छ। उनले जनचेतनामुलक कार्यक्रम पनि संगै लैजानुपर्ने उल्लेख गरे। 

महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भटट्राईले कानुनी व्यवस्था कमजोर भएका कारण बलात्कारका घटनाहरुमा वद्धि भइरहेको बताइन्। हाम्रो कानुन कमजोर छ, आरोपी केही वर्ष जेल बसेर छुटिहाल्छन्, उनले थपिन्, त्यसपछी उसको मनोबल झनै बढ्छ, यसले थप समस्या निम्त्याउने ठानेको छु। 

बढ्दै छन् बलात्कारका घटना  फछ्र्यौट
झापामा जबरजस्ती करणी (बलात्कार) का घटना वार्षीक रूपमा वृद्धि हुन थालेका छन्। आर्थिक वर्ष ०७४–७५ मा १ सय ३३ मुद्दा करणी (बलात्कार) मा दर्ता भएका थिए। जबरजस्ती करणीका ०७४–७५ मा ९९ वटा मुद्दा दर्ता भएकोमा आठवटा मुद्दा फछ्र्यौट हुन बाँकी छ।

जबरजस्ती करणी उद्योगमा ३४ वटा मुद्दा दर्ता भएकोमा तीन वटा फछ्र्यौट हुन बाँकी छ। आव ०७३–७४ मा जबरजस्ती करणीमा ५७ र जबरजस्ती करणी उद्योगमा १७ वटा मुद्दा फछ्र्यौट भएको छ। ०७२–७३ मा जबरजस्ती करणीमा ५३ र जबरजस्ती करणी उद्योगमा १९ वटा मुद्दा फछ्र्यौट भएका छन्।

०७१–७२ मा जबरजस्ती करणीमा ४७ र जबरजस्ती करणी उद्योगमा ३८ वटा मुद्दा फछ्र्यौट भएको छ। बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालको क्रेट र अश्लिल भिडियोका कारण झापामा बलात्कारका घटनामा वृद्धि हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App