१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोली प्रहार गरी एक युवकको हत्या

धनुषा- गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो। हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन्। यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १८ श्रावण २०७५ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App