६ वैशाख २०८१ बिहीबार
समाज

सुनुवाई समितिको बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन बसेको संसदीय सुनुवाई समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

सिंहदरबारमा बसेको बैठकमा सत्तापक्षले मतदानमार्फत प्रक्रियामा जाने प्रस्ताव गरको थियो। यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेपछि बैठक स्थगित भएको हो। 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सदस्य सुमनराज प्याकुरेलले आराम गर्नका लागि बैठक स्थगित भएको प्रतिक्रिया दिए। 

विहान पौने ११ बजे सुरु भएको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन्। 

प्रकाशित: १८ श्रावण २०७५ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App