१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडौं - महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय सुमन बस्नेत रहेका छन्। बस्नेतलार्इ वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका अाधारमा पक्राउ गरिएको हो।

उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो।

प्रकाशित: १६ श्रावण २०७५ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App