२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बालिका बलात्कृत

सुर्खेत – पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बुहारीको माइत आएका विकले राति ११ बजेतिर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेका अनुसार बलात्कृत बालिका हिँडडुल गर्न नसक्ने भएपछि आफन्तले दुई दिनपछि मात्रै घटनाबारे जानकारी पाएका थिए । प्रहरीले मंगलबार विकलाई पक्राउ गरेको छ । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय सुर्खेतमा बलात्कारका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा ३० वटा बलात्कार र १६ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।

प्रकाशित: २ श्रावण २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App