१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोलेश्वर श्रावणी मेलाको तयारी पुरा

भक्तपुर- भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा मंगलबार श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म लाग्ने ३७ दिने श्रावणी मेलाको तयारी पूरा भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक मोहन बल्लले मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको जनाए।

मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्था गरेको जनाएको छ। साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानीलगायतको बन्दोबस्ती मिलाएको जनाइएको छ।

यो बर्षको मेलामा २० लाख बढी भक्तजनहरुले मन्दिर दर्शन गर्न आउने अपेक्षा आयोजकको छ। मेलामा दुई करोड बराबरको रकम संकलन हुने र मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने समितिको कोषाध्यक्ष विश्वराम थापाले बताए। उनका अनुसार सो रकम गुरुयोजना कार्यान्वयन गर्नमा खर्च गरिने छ । श्रावण १ गते विहान ७ बजे चन्द्रबिनायक मन्दिर सिपाडोलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी मेलाको शुरुवात गरिने जनाइएको छ।

 

प्रकाशित: ३२ असार २०७५ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App