१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बबईमा बाढी आउने संकेत, सचेत रहन प्रशासनको आग्रह

बर्दिया- आइतबार रातिदेखिको अविरल वर्षाले बबई नदीको जलस्तर खतराको संकेत नजिक पुगेको छ। बबईमा विहान जलस्तर ३ दशमलव ५ मिटर रहेको थियो। जलस्तर बढदै गएर ५ दशमलब ८ मिटर पुगेको जिल्ला प्रशासन जारी गरेको विज्ञप्तीमा उल्लेख छ। जलस्तर ६ दशमलब १ मिटर पुगे खतरा मानिन्छ। जलस्तर बढ्दै गए पछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले निर्देशन दिएको छ।

वर्षाले गुलरिया लगायत जिल्लाका अधिकांश ठाउँ डुबानमा परेको र मधुवनमा घर डुवानमा परेको  प्रहरी उपरीक्षक जनक भट्टराईले वताए ।‘बबईका जलस्तर आक्रोषित रुपमा बढेकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ’उनले भने । बषाकै कारणले निर्माणाधीन हुलाकी सडकमा विहान देखि यातायात सेवा ठप्प भएको छ।

निर्माणाधीन सडकमा पुल नजिक बनाइएको डाइभर्सन डुबानमा परेकोले आवागमन ठप्प भएको हो । ठेकेदारको लापबाहीले पुल निर्माणमा ढिलाई भएकाले यस्तो अवस्था आएको स्थानीय वताउँछन् । गुलरिया—नेपालगञ्ज सडक खण्ड अन्र्तगत लालपुरमा निर्माणाधीन कल्भट नजिकको वाइपासमा सवारी साधन अलपत्र परेका छन्।

 

प्रकाशित: १८ असार २०७५ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App