१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

जुम्ला – चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेको छ।  

सदरमुकाम खलंगामा डा. केसीको मागमा समर्थन जनाउँदै सरकारलाई माग सम्बोधनका लागि दवाव दिन हस्ताक्षर संकलन सुरु गरिएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले बताए। केसीले अघि सारेका सात बुँदे मागको तत्काल सम्बोधन हुनुपर्ने बताउँदै शाहीले अनशनस्थल आसपास गरिएको प्रहरी निगरानी हटाउन पनि माग गरे।

अनशनरतस्थान कवर्डहलमा वत्तिको व्यवस्था नभएको, लुगा कपडाको व्यवस्था नभएकाले चिसाेले डा. केसीको स्वास्थ्य अवस्थामा खरावी आउने प्रवल सम्भावना रहेको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ।

केसीको जीवन रक्षाको ग्यारेण्टी गर्न र  अविलम्ब केसीका माग संवोधन गर्न सरकारसँग नागरिक समाज जुम्लाकाे माग छ। अनशनस्थल परिसरमा शसस्त्र प्रहरी र नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ।

प्रकाशित: १७ असार २०७५ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App