७ वैशाख २०८१ शुक्रबार
समाज

झाडा पखालाका बिरामी बढ्दै

झाडा पखाला भएर उपचार गर्न जिल्ला अस्पताल पुगेकी छायानाथ रारा नगरपालिका वडा नम्बर  दशकी एक महिला।

मुगु – बढ्दै गएको गर्मीसँगै मुगुमा झाडा पखालाका बिरामी बढ्दै गएको जिल्ला अस्पताले जनाएको छ। हिजोआज जिल्ला अस्पतालमा दैनिक झाडा पखालाका चार – पाँच जनासम्म भर्ना हुने गरेको जिल्ला अस्पतालले जनाएको छ।

झाडा पखालाको प्रकोप विशेष गरी बालबालिकामा बढि देखिएको जिल्ला अस्पतालका डाक्टर विपिन काफ्ले बताए। बालबालिकामा झाडा पखालासँगै  कुपोषण पनि देखिएको छ। जिल्ला अस्पतालमा दैनिक सरदर २–३ जना कुपोषण भएका बालबालिका  भर्ना हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। 

यो समय गर्मीको भएको र फलफूल पाक्ने समय भएकाले कुहिएका, बासी फलफूल खाने, बासी खाना खाने र पानी पनि शुद्धिकरण नगरी पिउनाले झाडा पखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीको भनाई छ। गर्मी याममा फैलिन सक्ने विभिन्न प्रकोपलाई मध्यनजर गर्दै पर्याप्त औषधी व्यवस्था गरिएको र महामारी रोक्न स्वास्थ्यकर्मीको टोली पनि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला अस्पतालमा झाडा पखाला र कुपोषण भएका बालबालिका आएपनि जिल्लाका अन्य क्षेत्रमा खासै प्रकोप  देखा नपरेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बलिबहादुर बुढाले बताए। जिल्लाको पश्चिममा पर्ने खत्याड गाउँपालिकामा भने औलो देखा परेको र स्वास्थ्य कर्मीको टोली त्यसतर्फ पठाई सकिएको बुढाले जानकारी दिए।

 

प्रकाशित: ६ असार २०७५ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App