१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

पोखराबाट काठमाडौं जाँदै  गरेको ग१ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०६४ नम्बरको ट्रक शुक्रबार बिहान ७ः२० बजे एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा माइक्राेबसमा सवार दुई पुरुष र एक महिला रहेपनि उनीहरुको सनाखत हुन नसकेको चितवन प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १ असार २०७५ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App