१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व रक्तदाता दिवस मनाइने

काठमाडौं – ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सप्ताहव्यापी विश्व रक्तदाता दिवस मनाउने भएको छ। सम्मेलनमा स्वयम्सेवी रक्तदानमा ब्लोदान र ब्लोदानको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै ब्लोदानका महासचिव ई. सानुबाबु प्रजापतिले मानिस रगतबिना बाच्न नसक्ने र उपचारका क्रममा रगत आवश्यक पर्ने मानिसलाई मानिसकै रगतबाहेक अरुले बचाउन नसक्ने हुनाले रक्तदानको धेरै महत्व रहेको बताए। उनले ब्लोदानले रक्तदान गर्ने संस्थालाई निरन्तरता दिन विशेष पहल गर्ने, सबै सरोकार निकायको सहभागितामा समय समयमा अन्तक्र्रिया र समन्वय गर्ने, रक्तदान सम्बनधी उत्प्रेरणा प्रदान गर्नुपर्ने, रक्तदाताहरुलाई आकर्षित गर्न नेपाल सरकारबाट विशेष कार्यक्रमहरु आयोजना गर्नुपर्ने, शल्यक्रिया गरिने अस्पतालहरुले पनि रक्तदानका लागि विशेष पहल गर्नुपर्ने आजको आवश्यकता भएको औंल्याए।

ब्लोदानका केन्द्रीय कार्यबहाक अध्यक्ष रमेशध्वज बस्नेतले स्वागत गर्नुभएको सम्मेलनमा उहाँले २०७५ सालमा सोधभर्नाबिना रगत उपलब्ध गराउन आफूहरु सफल भएता पनि त्यसपछिका वर्षहरुमा भने रगतको माग बढ्नु र रक्तदान गर्नेको संख्या कम हुनुले सो पूरा हुन नसकेको बताए।

ब्लोदानका कोषाध्यक्ष मचाकाजी महर्जनले संस्थाको सप्ताहव्यापी कार्यक्रम प्रस्तुत गरेका थिए भने अर्का वक्ता श्रीकृष्ण सिंखडाले ब्लोदानले केन्द्रमा मात्र नभई रहेक नगर, गाउँ र वडा इकाइमा समेत शाखा विस्तार गरी रक्तदान सम्बन्धी जनचेतना जगाउनु पर्नेमा जोड दिए। कार्यक्रमका संस्थाका संस्थापक सदस्य अर्जुनप्रसाद मैनालीले आफूले १ सय ६३ पटक रक्तदान गरिसकेको बताउँदै हाल दैनिक ४ सय ५० प्वाइन्ट रगत माग भइरहेको तर दैनिक १०० प्वाइन्ट मात्र आपूर्ति भइरहेकोले सोधभर्नाको विकल्प नभएको हुँदा सबैलाई रक्तदानमा सहभागी हुन अपील गरे।

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App