५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

१० वर्षमा विपदबाट दुई हजार बढीको निधन

पछिल्लो एक दशकमा विपद्जन्य घटनामा परेर दुई हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७३ सालमा छ सय ४२ विपद्जन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो। यस्तै, २०७४ मा छ सय २४ वटा विपद्जन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो। प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपद्जन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो।

यस्तै, २०७६ मा आठ सय ४६ विपद्जन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो। यस्तै, २०७७ मा एक हजार १५ विपद्जन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो। प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपद्जन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो।

त्यस्तै, २०७९ मा सात सय १२ वटा विपद्जन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो। त्यसै गरी, २०८० मा आठ सय ९१ वटा विपद्जन्य घटनामा परेर ९२ जनाको ज्यान गयो। विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपद्जन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ।

यो पनि पढ्नुहोस्

यस वर्ष मनसुन : बढी वर्षा, कम क्षति

 

प्रकाशित: २६ कार्तिक २०८२ ०७:०३ बुधबार