२४ श्रावण २०७७ शनिबार
समाज

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

स्याङ्जा– पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो। 

दुर्घटनामा बिरुवा गाउँपालिका–४ ओरष्टेका ७२ वर्षीय शुक्र बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको हो। यसैगरी दुर्घटनामा बिरुवा गाउँपालिका–४ का २५ वर्षीय भिम बहादुर थापा, २४ वर्षीय विष्णु थापा, १७ वर्षीया सनि थापा र १८ वर्षीया अप्सरा राना घाइते भएको प्रहरीले जनाएको छ। 

जिप चालक ३६ वर्षीय खेम राना पनि घाइते छन्। उनलाई स्याङ्जा जिल्ला अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ। दुर्घटनाका अन्य घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको प्रहरी प्रमुख एसपी जयराज सापकोटले जानकारी दिए। 

उनका अनुसार जिप अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल सुन्दर खोलामा खसेको थियो। मृतक रानाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App