१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मध्यपुरका मेयरलाई आक्रमण गर्ने पक्राउ

भक्तपुर– प्रहरीले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने एकजना आक्रमणकारीलाई पक्राउ गरेको छ । वैशाख ८ गते शनिबार साँंझ भक्तपुरको गठ्ठाघरस्थित आफ्नो घर प्रवेश गर्न लागेको बेला मयेर श्रेष्ठमाथि आक्रमण गर्ने ३० वर्षीय कुशल वोगटी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्र्रज्ज्वल महर्जनका अनुसार महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंको बागबजागरबाट बोगटीलाई पक्राउ गरेको हो । बोगटीका साथबाट १४ थान सिमकार्ड, पाँच वटा मोवाइल सेट र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बोगटी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका सेक्रेटरी रहेको जनाइएको छ । आक्रमणपछि मेयर श्रेष्ठ नेपाल कोरिया मैत्री अस्पतालमा १४ दिन उपचार गराएर वैशाख २२ मा डिस्चार्ज भएका थिए । उनको खुट्टाको चोट अझै निको भएको छैन । सो आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । आक्रमणको विरोध तथा आक्रमणकारीको पक्राउका लागि दबाब तथा सहयोगका लागि एक सय ५१ सदस्यीय समिति पनि गठन गरिएको थियो ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App