१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वका चार जिल्लामा मोबाइल सेवा अवरुद्ध

भोजपुर– भोजपुरसहित पूर्वी नेपालका ४ जिल्लामा नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिफोनमा नेटवर्कको खराबी देखिँदा हजारौं सर्वसाधारण मर्कामा परेका छन्। 

आइतबार विहान करिब १० बजेबाट टेलिकमको प्रिपेड, पोष्टपेड र सीडिएमए सेवामा समस्या देखिएको हो।  सुनसरीको तरहरा र धनकुटाको भेडेटारमा अप्टिकल फाइबरमा समस्या आउँदा सेवाम प्रभावित भएको नेपाल टेलिकम भोजपुरले जनाएको छ। 

सेवा अवरुद्ध हुँदा भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुममा समस्या देखिएको टेलिकम भोजपुर साखाका प्रमुख रामसेवक यादवले जानकारी दिए। समस्या देखिएको स्थानमा मर्मत भइरहेको भएपनि सेवामा पूर्ण रुपमा सुधार आउन अझै समय लाग्ने यादवको भनाई छ। 

प्रकाशित: ३० वैशाख २०७५ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App