१ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

ल्हेन्दे खोलामा फेरि बाढी, त्रिशूलीका किनारमा सतर्कता अपनाउन आग्रह

चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ ।

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । उनका अनुसार अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन।

बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ।

यसअघि असार २४ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदा ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।  

प्रकाशित: १४ श्रावण २०८२ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App