पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान ९ बजे अदालत पुगेका हुन्।
पाठकको बयान आज हुने र बायन सकिएपछि थुनछेक बहस सुरु हुने छ। उनीविरुद्ध गत असार १६ गते विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो।
साइबर ब्यूरोमा परेको ५९ नम्बरको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसूरमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो। जसमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ।
प्रकाशित: १९ असार २०८२ १०:१८ बिहीबार





